लैङिग हिंसा अन्त्यको लागि रोजगारीमा पहुँच आवश्यक : मेयर यादव
कार्यक्रमको उदघाटन सत्रमा नगरपालिकाका समाजिक सुरक्षा शाखाका विष्णुदेव यादव, आईएमएस अपरेटर बिके यादव, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव लगायत अन्य स्वास्थ्य कर्मचारी, जनप्रतिनीधिहरुसहित गैर सरकारी सँस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

२०७९ मंसिर १९ सोमबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले लैङिगक हिँसा अन्त्यको लागि स्थानीय स्तरमै रोजगारीमा पहुँचको आवयश्कता औल्याएका छन् ।
आईतबार शहिदनगर नगरपालिकाभित्र ३१ औँ १६ दिने लैङिग हिंसा विरुद्धको अभियान सँचालनको क्रममा मेयर यादवले महिला सशक्तिकरणको माध्यमले लैङिग हिंसा न्यूनिकरण गर्न सकिने बताए ।
महिला सशक्तीकरणका लागि सकारात्मक विभेदमार्फत शिक्षा, स्वास्थ्य र रोजगारीमा महिलालाई विशेष अवसर प्राप्तिको हक हुने र राज्यका निकायमा समावेशी सिद्धान्तका आधारमा महिलालाई सहभागी गराउन सकिए धेरै हदसम्म लैङिक हिंसा न्यूनिकरण हुने बताए ।
अधिकांश महिला अझै पनि विकासको मूल प्रवाहमा आउन नसकी घरधन्दा वा चुलोचौकोमै सीमित रहनुपरेको अवस्था मेयर यादले औल्याए।
सामाजिक लोकाचार वा डरले कतिपय घरभित्रको महिला हिंसा बाहिर आउनै नसकेको बताउँदै उनले घरेलु हिंसाको कसुरमा पीडित महिला आफैँले घरपरिवारविरुद्ध उजुरी गर्ने हिम्मत गर्न अझै कठिनाई देखिएको अनुभूति सुनाए।
“समाजले पुरुषको चरित्र वा आचरणमाथि खासै ध्यान दिँदैन, तर महिलाको चरित्र वा आचरणमा रत्तिभर पनि आँच आयो भने समाजले त्यस्ता महिलामाथि विभिन्न कोणबाट प्रश्न उठाउँछ । युरोप, अमेरिकाजस्ता अति विकसित र सभ्य समाजमा समेत महिला हिंसा हुने गरेको पाइन्छ ।”– उनले भने ।
“घर र समाजको ऐक्यबद्धता, लैगिँक हिँसा विरुद्ध शून्य सहनशिलता” मूल नाराको साथ समाजिक सँस्था प्लानको आर्थिक सहयोग, नेपाल सरकारको समन्वय र गैर सरकारी सँस्था एसडीआरसी नामक सँस्थाको आयोजनामा आईबारदेखि १६ दिने अभियान संचालन भएको हो ।
कार्यक्रमको उदघाटन सत्रमा नगरपालिकाका समाजिक सुरक्षा शाखाका विष्णुदेव यादव, आईएमएस अपरेटर बिके यादव, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव लगायत अन्य स्वास्थ्य कर्मचारी, जनप्रतिनीधिहरुसहित गैर सरकारी सँस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…