धनुषाको नगराइनमा कर्मचारीहरुले ४ महिनादेखि खाएनन तलब, नगरपालिकामा ताला
सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । त्यसको निकासका लागि लोसपा नेपालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आइरहेकोले यस आन्दोलनलाई नैतिक समर्थन गर्नु हाम्रो कर्तव्य पनि हो ।’

२०७९ मंसिर १८ आइतबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकाका कर्मचारीले आइतबारदेखि कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प गरेका छन् ।
कर्मचारीले विगत लामो समयदेखि तलब भत्ता नपाएकोले बाध्य भएर नगर कार्यपालिकाको कार्यालयमा ताला लगाएको बताएका छन् ।
आफूहरूको बाँकी रहेको तलब यथाशीघ्र उपलब्ध गराउन माग गर्दै कर्मचारी तालाबन्दी गरेर धर्नामा बसेका हुन् ।
कर्मचारीहरूको आन्दोलनप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ऐक्यबद्धता जनाएको छ ।
लोसपा नेता राजु चौधरीले भने, ‘जनताहरू पहिलेदेखि नै समस्यामा छन् । वृद्धभत्ता नपाएको थुप्रै महिना भयो, किसानहरूले मलखाद नपाएको पनि थुप्रै महिना बित्यो, कित्ताकाट रोक्का गरिएकोले धेरै जनाले समस्या भोगिरहेका छन् ।
सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । त्यसको निकासका लागि लोसपा नेपालले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम गर्दै आइरहेकोले यस आन्दोलनलाई नैतिक समर्थन गर्नु हाम्रो कर्तव्य पनि हो ।’
उनले जनतालाई थप पीडा र समस्या नहोस् भन्ने कुरालाई पनि ख्याल राखिदिन आन्दोलनरत कर्मचारीसँग आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…