उम्मेदवारभन्दा दुईगुणा भारी मालाले स्वागत
सत्ता गठबन्धनको तर्फबाट निर्वाचित दुबैजनालाई बाराको परवानिपुर गाउँपालिका ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले सम्मान स्वरूप २०५ किलोको माला लगाइ सम्मान गरेका छन् ।

२०७९ मंसिर १८ आइतबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित एक निर्वाचित उम्मेदवारलाई स्थानीयहरुले दुईगुणा भारी माला लगाएर स्वागत गरेको छ ।
बारा निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले २ सय ५ किलोको मालाले सम्मान गरेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट निर्वाचित दुबैजनालाई बाराको परवानिपुर गाउँपालिका ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले सम्मान स्वरूप २०५ किलोको माला लगाइ सम्मान गरेका छन् ।
मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट बारामा श्रेष्ठ र सोनल मात्रै निर्वाचित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…