सिरहामा बज्यो हर्न
जनमत (हरन छाप) बाट त्रिभुवन साहले ७६१५ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी ६८१४ मत ल्याएका छन् । यो गणना विहान ७ः३० बजेसम्मको हो । निर्वाचन आयोगले कुल मत अपडेट गर्न बाँकी छ ।

२०७९ मंसिर ८ बिहीबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा खाता खोलेको छ । जनमतका उम्मेदवारले विहिबार बिहान विजयी हाँसिल गरेका छन् ।
देशको विभिन्न स्थानमा मतगणना चलिरहँदा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट जनमतका उम्मेदवार त्रिभुवन साह निर्वाचित भएका छन् । यद्यपी औपचारिक घोषणा हुन बाँकी छ ।
जनमत (हरन छाप) बाट त्रिभुवन साहले ७६१५ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी ६८१४ मत ल्याएका छन् । यो गणना विहान ७ः३० बजेसम्मको हो । निर्वाचन आयोगले कुल मत अपडेट गर्न बाँकी छ ।
सिरहा जिल्लामा लाउडस्पीकरले पहिलो खाता खोलेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…