जनमतका 'सतिश सिँह' जसले भत्काए जसपाको किल्ला, अर्थमन्त्रीलाई चटाए धुल
सिंह १६ हजार ७३४ मत ल्याएका हुन् । भने साहले ८ हजार २९२ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।

२०७९ मंसिर ७ बुधबार, बिहान ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट सतिश कुमार सिँहले मँगलबार फराकिलो मतान्तरले विजयी हाँसिल गरे ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) तर्फ मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र कुमार साहलाई दोब्बर मतान्तरले पराजीत गर्न सफल भए ।
सुरुदेखि नै सप्तरीमा जनमत पार्टीलाई रुचाएका त्यहाँका मतदाताहरुले जसपाका नेताहरुलाई धक्का दिँदै मतपत्रबाट आफ्नो विकल्प रोजेका हुन् ।
सिंहले ८ हजार ४४२ को भारती मतान्तरले निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् ।
सिंह १६ हजार ७३४ मत ल्याएका हुन् । भने साहले ८ हजार २९२ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…