मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत पुनः निर्वाचित
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।

२०७९ मंसिर ७ बुधबार, बिहान ६:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
मंगलबार मध्यरातमा सार्वजनिक मतगणनाको नतिजा अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा–१ ९२० बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले ७ हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…