रौतहटको दुई मतदान केन्द्रमा गोलि चल्यो
त्यस्तै गरुडाको अमरपटी मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले दुई राउन्ड गोलि चलाएर स्थिती नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहिले बताएका छन्।

२०७९ मंसिर ४ आइतबार, बिहान ११:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको छुटाछुटै दुई वटा मतदान केन्द्रमा गोलि चलेको छ। जिल्लाको गुजरा नगरपालिका ४ को मावि कनकपुर र गरुडा नगरपालिका ६ अमरपटी प्रावि मतदान केन्द्रमा गोलि चलेको प्रहरीले जनाएको छ।
गुजराको कनकपुरमा जारी मतदान केन्द्र बाहिर वादबववाद भएर हुलहुजत हुन थालेपछीप्रहरीले एक राउन्ड गोलि चलाएको छ।
त्यस्तै गरुडाको अमरपटी मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले दुई राउन्ड गोलि चलाएर स्थिती नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहिले बताएका छन्।
अहिले दुबै मतदान केन्द्रमा मतदान शान्ती पुर्ण तरिकाले सुचारु रहेको प्रजिअ शाहिले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…