बुथको नजिकै सुतली बम बिस्फोट
उनले घटनामा कुनै क्षति नभएको र अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको छ । विप्लव समूहले बम विस्फोट गराएको आशंका गरिएको छ ।

२०७९ मंसिर ४ आइतबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज जारी रहेको प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि एक मतदान केन्द्रनिकट बम विस्फोट भएको छ । फिदीम नगरपालिका वडा नम्बर ४ मा रहेको सुखबोद मावि मतदान केन्द्रमा सुतली बम विस्फोट भएको हो ।
विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । पत्रकार कृष्ण खनालले स्कुलको ग्राउण्डमा बनाइएको मतदान केन्द्रनजिकै सुतली बम विस्फोट भएको बताए ।
उनले घटनामा कुनै क्षति नभएको र अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको छ । विप्लव समूहले बम विस्फोट गराएको आशंका गरिएको छ ।
सोही क्रममा धनगढीको एक मतदान केन्द्र नजिकै विस्फोट भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
उनले आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै मानवीय क्षति भने नभएको बताए। केहीबेर तनावको अवस्था सिर्जना भए पनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको बताउदै डिएसपी जोशीले अहिले मतदान सुरु भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…