सिरहा युवा संजालद्वारा पुन: ६ जना विद्यार्थीलाई छात्रवृत्ति (फोटो फिचर)
बिनय यादव || सिरहा, १० बैशाख । सिरहा जिल्लाका युवाहरूको साझा संगठन सिरहा युवा संजालले उक्त जिल्ला भित्रका विभिन्न स्थानका ६ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् । सिरहा युवा संजालको 'छात्रवृत्ति कार्यक्रम २०७५' अन्तर्गत सो विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो

२०७५ बैशाख १० सोमबार, दिउँसो ४:५७ बजे२ मिनेट पढाइ

बिनय यादव ||
सिरहा, १० बैशाख । सिरहा जिल्लाका युवाहरूको साझा संगठन सिरहा युवा संजालले उक्त जिल्ला भित्रका विभिन्न स्थानका ६ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छन् । सिरहा युवा संजालको 'छात्रवृत्ति कार्यक्रम २०७५' अन्तर्गत सो विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

सिरहाको गोलबजारमा अबस्थित ख्याती प्राप्त विद्यालयहरुमा सरकारी दस्तुर (आवेदन दस्तुर, रजिस्ट्रेसन दस्तुर) बाहेक अन्य कुनैपनि शुल्क नलाग्ने गरी एकवर्षको लागि भर्ना गरिएको छ ।

संजालले गरेको अपिल उपर नरहा गाउँपालिका ४ बर्छवाका प्रदिप कुमार सदालाई माउन्ट एभरेष्ट मावि गोलबजारमा कक्षा ५ का लागि, गोलबजार नगरपालिका २ गुरधामका सुनिल
कुमार यादवलाई चिल्ड्रेन एजुकेसनल एकेडेमी गोलबजारमा कक्षा ७ लागि, धनगढीमाई नगरपालिका ७ कसहाका विरेन्द्र यादवलाई बुढानिलकण्ठ मावि गोलबजारमा कक्षा १० का लागि छात्रवृत्ति प्रदान गरिएको छ ।
त्यस्तै, गोलबजार नपा २ गुरधामकी नेहा कुमारी यादवलाई भिजन ईन्टरनेसनल एकेडेमी गोलबजारमा कक्षा २ का लागि, नरहा गाउँपालिका ४ बर्छवाका गंगाराम सदालाई गोलबजार इङलिस मोडेल स्कुल (जेम्स) मा कक्षा ४ का लागि, गोलबजार नगरपालिका २ गुरधामकी विधा भुजेललाई शुभ श्री मावि गोलबजारमा कक्षा १ को लागि एकवर्ष नि:शुल्क पढ्न पाउनेगरी छात्रवृत्ति लेटर प्याड हस्तान्तरण गरी छात्रवृत्ति प्रदान गरिएको संजालले जनाए ।

छात्रवृत्ति पाएका विद्यार्थीहरुले विद्यालयको एकेडेमीक रेकर्डमा राम्रो गरेको ठहर आएमा सोही विद्यार्थीलाई अर्को वर्षको लागि पनि यो छात्रावृत्ति निरन्तर राखिने संजालका सदस्य रामकुमार यादवले बताउनुभयो । अन्यथा सो विद्यार्थीको ठाउँमा अर्को विद्यार्थी सिफारिस गरिने उनले थपे ।

सिरहा युवा संजालका सदस्य रामकुमार यादव र प्रशान्त यादवको विषेश पहल तथा अन्य सदस्यहरुको सहयोगमा विद्यालयहरुसँग छात्रवृत्ति सम्झौता गरिएको हो । सिरहा जिल्लाको शैक्षिक अवस्थालाई दृष्टिगत गर्दै आउँदा दिनहरुमा समेत यस किसिमको कार्यहरू गरिरहने संजालले प्रतिबद्धता जाहेर गरे ।

संजालले यसअघि जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजन समेत गरेका थिए । कार्यक्रममा बिजेता क्रमशः २१ जना विधार्थीहरुलाई मुलुकका विभिन्न कलेजहरुमा छात्रवृत्ति प्रदान गरिएको थियो ।

यता, भुतपुर्व संचारमन्त्री तथा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एंव सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य सांसद राजकिशोर यादवले संजालको छात्रवृत्तिबारे थाहा पाएपछि न्यूज ब्यूरोसँग कुरा गर्दै संजालमा आबद्ध युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…