धनुषाः एमाले छाडेर ७० बढी काँग्रेस पसे
नेता यादवले एमालेका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउनु दुई दिनअघि अर्थात आइतबार धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका नेता रघुवीर महासेठले कांग्रेस र माओवादीको सयौं मतदातालाई पार्टी प्रवेश गरेका थिए । मिथिला नगरपालिका–८ एमालेको किल्ला मानिन्छ ।

२०७९ कार्तिक ३० बुधबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चुनावको मात्र ४ दिन बाँकी रहँदा धनुषाको विभिन्न निर्वाचन क्षेत्रमा दल बदलको अवस्था तीव्र चलेको छ ।
सोही क्रममा धनुषाको मिथिला नगरपालिकामा पनि पार्टी परित्याग र प्रवेशको लहर चलेको छ ।
सत्ता गठबन्धनका उम्मेदवारले एमालेका कार्यकर्ता तान्ने र एमालेले सत्तागठबन्धनका मतदातालाई पार्टी प्रवेश गराउने क्रम चलेको छ । यसैक्रममा धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनामा मंगलबार ७० जनाभन्दा बढी नेकपा एमालेका मतदाता तथा नेता कार्यकर्तालाई कांग्रेसले पार्टी प्रवेश गराएका छन् ।
एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरुलाई धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
नेता यादवले एमालेका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउनु दुई दिनअघि अर्थात आइतबार धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका नेता रघुवीर महासेठले कांग्रेस र माओवादीको सयौं मतदातालाई पार्टी प्रवेश गरेका थिए । मिथिला नगरपालिका–८ एमालेको किल्ला मानिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…