जनकपुरः नेपाल पत्रकार महासँघकै पदाधिकारीहरु नेताको खुल्ला प्रचारमा
सोही क्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष रहेका अवधेश कामतले समेत खुल्ला रुपमा प्रचार प्रसार गरिरहेका छन् । एमाले निकट मानिएका कामत एमाले पार्टीको तर्फबाट खुल्ला रुपमै प्रचार प्रसारमा सँलग्न भएको देखिएको छ ।

२०७९ कार्तिक २३ बुधबार, बिहान १०:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिडिया र सँचारकर्मी देशको चौथो अँग भनिएपनि वर्तमान समयमा त्यो थेगोमाथिको धब्बा बनेका छन् केही कथित सँचारकर्मीहरु ।
आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि विभिन्न दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रचार प्रसारमा नेपाल पत्रकार महासँघकै पदाधिकारीहरु लागेको देखिएको छ ।
नेपाल पत्रकार महासँघ धनुषा शाखाका केही पदाधिकारीहरु दलगत उम्मेदवारहरुको खुल्ला रुपमा प्रचार प्रसार गर्न थालेका छन् । पत्रकार र मिडियालाई नियमन गर्ने निकाय प्रेस काउन्सिलले विज्ञप्ती जारी गरी आचारसंहिता सुझाएपनि दलगत प्रचार प्रसारमा सँलग्न देखिएका छन् ।

नेपाल पत्रकार महासँघ धनुषा शाखाका पूर्व सहसचिव एवम् वर्तमान साधारण सदस्य समेत रहेका अकुल प्रसाद साहले समाजिक सँजाल मार्फत उम्मेदवारको प्रचार प्रसारमा सँलग्न देखिन्छन् ।
साहले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट नेकपा (समाजवादी) का उम्मेदवार सत्रुधन महतोसहित सो दलका उम्मेदवारहरुको प्रचार प्रसारमा तल्लिन देखिन्छन् । उनले समाजिक सँजालमा उम्मेदवारको तस्विर, भिडियो, पर्चा पम्लेट राखेर चुनावी प्रचार प्रसार गर्दै आएको देखिएका छन् ।
.jpg)
यस्तै, नेपाल पत्रकार महासंघ प्रदेश कमिटिका पूर्व कोषाध्यक्ष प्रविण साहले समेत सोही दलको प्रचार प्रसारमा तल्लिन देखिन्छन् । उनले समेत समाजिक सँजालमा स्टेटस, तस्विर, चुनावी पर्चा राखेर प्रचार प्रसार गरिरहेको देखिएको छ ।

यद्यपी, साहले केही महिना अगाडी नै सार्वजनिक राजनीतिक मँचमा नेकपा (समाजवादी) पार्टीमा विधिवत रुपमा प्रवेश गरिसकेका छन् ।
एमाले पार्टीको भातृ सँगठन रहेको प्रेस चौतारी नेपालको अध्यक्ष रहेका अवधेश कामतको बायो राखिएको प्रेस चौतारी धनुषाको पेजबाट एमाले पार्टीको प्रचार प्रसार गरिएको पाइएको छ ।
एमालेको भातृ सँगठन रहेको प्रेस चौतारी नामक पत्रकार सँगठनको अधिकारिक फेसबुक पेजबाट एमाले–जसपाको गठबन्धनलाई प्रचार प्रसार गरिरहेको पाइएको छ । प्रेस चौतारी धनुषाका अध्यक्ष अवधेश कामत हुन् ।

दलगत प्रचार प्रसार गरिएको सो पेजमा महासंघका कोषाध्यक्ष कामतको नाम र पद राखिएको छ । अध्यक्ष कामतको नाम र पद राखिएको सो फेसबुक पेजबाट एमालेको उम्मेदवारहरुको विभिन्न गतिविधिको प्रचार प्रसार गरिदै आएको देखिएको छ ।
नेपाल पत्रकार महासँघ धनुषाका अधिकांश पदाधिकारीहरु राजनीतिक दलको भातृ सँगठनसँग आवद्ध रहेका छन् । यस्ता गतिविधिले राष्ट्रको चौथो अँग भनिएपनि पत्रकार र सँचारमाध्यमप्रतिको विश्वास दिनानुदिन घटदै गएको छ ।
.jpg)















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…