भोली सार्वजनिक विदाको घोषणा
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

२०७९ असोज ३१ सोमबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोली (मँगलबार) सार्वजनिक विदाको घोषणा गरेको छ ।
सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा कार्तिक १ गते मँगलबारको दिन एकदिने सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…