प्रचण्ड, माधव अब कमयुनिष्ट रहेननः नेता महासेठ
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उम्मेदवार महासेठले देशमा नेकपा एमाले मात्र समृद्धिको बाटो ल्याउन सक्ने दाबी गरे ।

२०७९ असोज ३१ सोमबार, बिहान ६:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा पदका उम्मेदवार एवम् पूर्वमन्त्री रघुबिर महासेठले प्रचण्ड र माधव नेपाल अब कम्युनिस्ट नरहेको बताएका छन् ।
बटेश्वर गाउँपालिका वडा नं २ स्थित कार्यकर्ता भेटघाट तथा प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दै महासेठले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्यूनिष्ट पार्टी समाजवादीका अध्यक्षलाई कम्यूनिष्ट नै नरहेको बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का नेता समेत रहेका उम्मेदवार महासेठले देशमा नेकपा एमाले मात्र समृद्धिको बाटो ल्याउन सक्ने दाबी गरे ।
“समयमा जनता जागरुक हुनु पर्यो । देशमा विकासको बाटो तर्फ लैजाने एक मात्र पार्टी नेकपा एमाले रहेको छ । उम्मेदवार नचिनेर भएपनि पार्टीको छाप चिन्ह मा मतदान गरौँ।”– उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…