युवा नेता मण्डललाई तरुण दल सिरहाको कार्यवाहक सभापतिको जिम्मेवारी
बिगत देखि नै युवा नेता मण्डल सिरहा तरुण दल सम्हाल्दै आइरहेका थिए ।

२०७९ असोज ३० आइतबार, बिहान ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाली काँग्रेसका युवा नेता अरबिन्द मण्डललाई तरुण दल सिरहाको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
शनिबार बसेको नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठकबाट सिरहाका सभापति चुनावमा होमिएपछि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो ।
तरुण दलमै पदाधिकारी रहेका मण्डललाई शनिबारदेखि लागू हुने गरी नेपाली काँग्रेसको भातृ सँगठन तरुण दलको कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिइएको हो ।
नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले उनलाई अबिर लगाएर तरुण दल सिरहाको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताइएको छ ।
जिल्ला कार्यसमितिको एक पत्रमा उनलाई कार्यवाहक सभापतिको जिम्मोवारी उल्लेख छ । तरुण दलको सिरहा जिल्लाको सभापतिमा अरबिन्द मण्डललाई मनोनयन गरिएको उल्लेख छ ।
सिरहामा नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दलका तत्कालिन अध्यक्ष पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेपछि नेपाल तरुण दल सिरहा खाली रहेको थियो ।
यस सन्दर्भमा चुनावमा तरुण युवा परिचालन गर्नको निम्ति नेपाली कांग्रेस सिरहाले नेपाल तरुण दल सिरहालाइ टुंगो लगाएको हो ।
नेपाली कांग्रेस सिरहाले शनिबारको बैठकबाट नेपाल तरुण दल सिरहाका सभापति अरबिन्द मण्डललाई अबिरको टिका र माला लगाइ बधाई समेत दिए ।
बिगत देखि नै युवा नेता मण्डल सिरहा तरुण दल सम्हाल्दै आइरहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…