महोत्तरीमा पिपलको बोटमा पुरुषको लास
न्यूज ब्यूरो || जलेश्वर, ८ बैशाख । महोत्तरीको औरही नगरपालिकामा पीपलको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका १ स्थित रहेको डोमा पहलमान थान पीपलको रुखमा आज विहान शव फेला परेको स्थानीय धर्वेन्द्र यादवले जानकारी दिनुभयो । निलो रंग्को टीसट र सेतो क्रिम कलरको पैन्ट लगाएका अन

२०७५ बैशाख ८ शनिबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जलेश्वर, ८ बैशाख । महोत्तरीको औरही नगरपालिकामा पीपलको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
औरही नगरपालिका १ स्थित रहेको डोमा पहलमान थान पीपलको रुखमा आज विहान शव फेला परेको स्थानीय धर्वेन्द्र यादवले जानकारी दिनुभयो ।
निलो रंग्को टीसट र सेतो क्रिम कलरको पैन्ट लगाएका अन्दाजी ३५ वर्षका पुरुषको शव देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय गौशाला र औरही प्रहरीचोकीको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
कसैले आफै आत्म हत्या गरेको वा हत्या गरेर झुण्डाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…