मधेशमा डा. सिके राउत एक मात्र 'शेर' ?
आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावको लागि दलहरुको गठबन्धन भएको छ । विभिन्न ठुला दलहरुले समेत कुनै न कुनै राजनीतिक दलहरुसँग गठबन्धन गरेको छ । निर्वाचन आयोगमा दर्तामा रहेका विभिन्न पार्टीहरुले जो की मध्यम बलियो मानिएको छ कुनै अन्य दलसँग गठबन्धन गरेर चुनाव लडदैछ । विभिन्न स्थ

२०७९ असोज २६ बुधबार, बिहान ८:२३ बजे२ मिनेट पढाइ
आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावको लागि दलहरुको गठबन्धन भएको छ । विभिन्न ठुला दलहरुले समेत कुनै न कुनै राजनीतिक दलहरुसँग गठबन्धन गरेको छ ।
निर्वाचन आयोगमा दर्तामा रहेका विभिन्न पार्टीहरुले जो की मध्यम बलियो मानिएको छ कुनै अन्य दलसँग गठबन्धन गरेर चुनाव लडदैछ । विभिन्न स्थानबाट गठबन्धनको उम्मेदवार खडा गरिएको छ ।
नेपाली काँग्रेस, एमाले, माओवादी, नेकपा (समाजवादी), जसपा, लोसपा लगायतका दलहरुले गठबन्धन गरेर चुनावमा खडा भएको छ । विभिन्न ठुला दलहरुले पनि चुनावी तालमेल गरी झुण्ड बनाएर चुनावी मैदानमा उत्रेको बेला डा. सिके राउत एक्लो उभिएका छन् ।
मधेशमा ठुलो पार्टी भनाउँदा लोसपा, जसपाले अन्य दलसँग गठबन्धन गरेपनि भर्खर जन्मेका डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अन्य कुनै दलसँग गठबन्धन नगरी एक्लो चुनाव लडने निर्णयले मधेशका नागरिकहरुमा नयाँ उत्साह पनि थपि दिएको छ ।
बिहानै चियोचर्चामा समाजिक सँजाल मार्फत होस वा रेडियो टिभी मार्फत, डा. सिके राउत मधेशमा एक्लो शेर जस्तो चुनावमा खडा भएको चर्चा अहिले खुवै चलेको छ ।
खास गरी ग्रामिक भेकमा चिया पसल, नास्ता पसल र सार्वजनिक स्थानमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले अन्य कुनै दलसँग गठबन्धन नगरी एक्लो चुनाव लडने साहसको प्रशँसा गरिएको देखिन्छन् ।
हुनतः जनता समाजवादी पार्टीले आफू मधेश प्रदेशमा ठुलो पार्टी हुँ भनेर गरेपनि अन्ततः एमालेको बैशाखीको साहारा भएको छ । केही दिन अगाडी जसपाका अध्यक्ष उपेन्द्र यादवले शहिद सूर्यनाथ रानको शालिकमा माल्यार्पण गर्दै जसपालाई बैशाखीको साहारा नहुने दाबी गरेपनि केही दिनमै एमालेसँग गठबन्धन गर्दा जसपाको फिल्ड अधिक बिग्रेको छ ।
एमाले पार्टी र नेता कार्यकर्तालाई सधैँ प्रतिगामी भनेर गाली गर्ने जसपाका नेता कार्यकर्ताहरुले अन्ततः एमालेकै शरणमा गएपछि उपेन्द्र यादवबाटै असन्तुष्टि अधिक बढेको छ ।
तर, स्थानीय तहको चुनावमा केही प्रतिशत सिट हाँसिल गरेका डा. सिके राउत नेतृत्वका जनमत पार्टीले कुनै दलसँग कुनै सम्झौता नगरी एक्लो चुनाव लडेपछि डा. सिके राउतलाई यहाँ “शेर” को दर्जा दिएर सम्बोधन थालिएको छ ।
उनको चुनावी मुद्दा, चुनावी एजेन्डा, उम्मेदवार छनौटको लागि समाजिक सँजालमै विभिन्न टिकाटिप्पणी भएपनि गठबन्धन बिना एक्लै चुनाव लडने हिम्मत मात्र डा. सिके राउतमा देखिएको पनि टिप्पणी गरिन्छ ।
हुनतः स्वतन्त्र उम्मेदवारसहित अन्य केही दलहरुले एक्लो चुनावमा होमिएका छन्, तर मधेश प्रदेशमा जसपा, लोसपा र जनमत पार्टीको चर्चा अधिक हुन्छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष डा. सिके राउत भिडने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…