सिरहा १ बाट काँग्रेस नेता चौधरीको मनोयन
यस्तै, सिरहा क्षेत्र १ (क) बाट काँग्रेसकै नगर सभापति ,जिल्ला उधोग वाणिज्य सँघ सिरहा अध्यक्ष समेत रहिसकेका नेपाली काग्रेस जिल्ला उप सभापति सुनिल कुमार महत‍ोले मनोयन दर्ता गराएका छन् ।

२०७९ असोज २३ आइतबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसबाट पदम नारायण चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनीधिसभा सदस्यको लागि उनले क्षेत्र नम्बर १ बाट आईतबार मनोयन दर्ता गराएका छन् । पूर्व उद्योगराज्यमन्त्री रहिसकेका चौधरीले गठबन्धनबाट मनोयन दर्ता गराएका हुन् ।
यस्तै, सिरहा क्षेत्र १ (क) बाट काँग्रेसकै नगर सभापति ,जिल्ला उधोग वाणिज्य सँघ सिरहा अध्यक्ष समेत रहिसकेका नेपाली काग्रेस जिल्ला उप सभापति सुनिल कुमार महतोले मनोयन दर्ता गराएका छन् ।
सोही क्रममा सिरहा क्षेत्र १ (ख) बाट गठबन्धनका नेकपा एसबाट अशोक कुमार यादवले मनोयन दर्ता गराएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…