समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम सम्पन्न
आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ । पर्सि २३ गते आइतवार प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी दर्ताको तालिका रहेको छ ।

२०७९ असोज २२ शनिबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम सम्पन्न गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ भइसकेको जानकारी दिए ।
प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार थान मतपत्र छापिएको आयोगले जनाएको छ ।
आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ । पर्सि २३ गते आइतवार प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी दर्ताको तालिका रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…