मुटु दिवसको अवसरमा गंगालालको पुर्वाधार निर्माणका निम्ति प्रभातफेरी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा "मन लगाउँ सबैको मुटु बचाउँ" भन्ने मुल नाराको साथ प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, जनकपुरधाम तथा नेपाल हार्ट फाउण्डेशनको आयोजनामा विश्व मुटु दिवस २०२२ को अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा कायापलट

२०७९ असोज १३ बिहीबार, राति ९:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा "मन लगाउँ सबैको मुटु बचाउँ" भन्ने मुल नाराको साथ प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, जनकपुरधाम तथा नेपाल हार्ट फाउण्डेशनको आयोजनामा विश्व मुटु दिवस २०२२ को अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कायापलट, एकीकृत वाल क्लव र लाईन्स क्लव अफ जनकपुरधामको साथै लियो क्लब अफ जनकपुरधामको सहकार्यमा जनकपुरधामको जानकी मन्दिर, जनकचौक, भानुचौक, देवी चौक हुदै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यलयमा कोर्ण सभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा वृहत्तर जनकपुरधाम क्षेत्र विकास समितिका शितल शाहको उपस्थिति रहेको थियो । कोर्ण सभामा शाहले प्रदेशकै एक मात्र रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भौतिक पूर्वाधार निर्माण छिटो हुनुपर्नेमा जोड् दिएका थिए । उनले भने,'संस्थागत स्तरमा मेरो पनि पैरवी रहने छ । साथै सबै सरोकारवालाको भूमिका पनि अब्बल रहेकोले साथ दिनु पर्छ ।'
त्यस्तै कार्यक्रम शुभकामना मन्तव्य राख्दै कायापलटका कोषाध्यक्ष तथा मुटु रोग प्रभावित कैयूम राईनले सरकारको आनाकानी तथा सरकारको वेवास्ताले मधेश प्रदेशको स्वास्थ्य क्षेत्र जिर्ण बन्दै गएको बताए । उनले गंगालाल हृदय केन्द्रका निम्ति पटक पटक मधेश सरकार गुहारे पनि कुनै सुनुवाइ नभएको बताए ।
कार्यक्रममा नेपाल हार्ट फाउण्डेशनकी जमुना भूजेल, महिला अधिकारकर्मी शुभद्रा आले, युवा अभियान्ता दिवाकर उप्रेती लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…