नागरिकताको लागि आन्दोलन चलिरहँदा भोली जनकपुर आउँदै केपी ओली
आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु दल परिवर्तनलाई तिव्रता दिएका छन् ।

२०७९ असोज ७ शुक्रबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ
आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु दल परिवर्तनलाई तिव्रता दिएका छन् ।

२०७९ असोज ७ शुक्रबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नागरिकता विद्येयकलाई लिएर जनकपुरसहित आसपासको क्षेत्रमा विरोधका कार्यक्रमहरु चलिरहँदा एमालेका अध्यक्ष केपी शर्मा ओली भोली जनकपुर आउने भएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्र पर्ने धनुषाको विदेह नगरपालिकाको तिनकोरियास्थित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न केपी ओली शनिबार धनुषा आउन लागेका हुन् ।
विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन अध्यक्ष ओली धनुषाको विदेह नगरपालिका तिनकोरीया चौकमा आउन लागेका हुन् ।
लोकतान्तत्रीक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियासहितका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराउनका लागि अध्यक्ष ओली केही दिनकै अन्तरालमा धनुषा दोस्रो पटक आउन लागेका हुन् ।
यस अघि उनी जनकपुरधाममा आएर जसपाका प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापतिसहितका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराएका थिए ।
आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु दल परिवर्तनलाई तिव्रता दिएका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
देश काल
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…