कान्छो मेयरलाई अमेरिकी दुतावासकी प्रवक्ता अफिसमै भेट्न पुगेपछि...
न्यूज ब्यूरो || जनकपुरधाम, ७ बैशाख । मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाको चर्चा देशभरि भइरहेको बेला अमेरिकन दुतावासकी प्रवक्ता समेत भेट गर्न अफिस पुगिन् । गत बैशाख ५ गते बुधबार अमेरिकन राजदुतावासकी प्रवक्ता एण्डी डि आरमेन्ट शहिदनगर नगरपालिकाको कार्यलय नै पुगेर कान्छो मेयर बरबरियासँग भेट गरिन् । ब

२०७५ बैशाख ७ शुक्रबार, बिहान १०:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ बैशाख । मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाको चर्चा देशभरि भइरहेको बेला अमेरिकन दुतावासकी प्रवक्ता समेत भेट गर्न अफिस पुगिन् ।
गत बैशाख ५ गते बुधबार अमेरिकन राजदुतावासकी प्रवक्ता एण्डी डि आरमेन्ट शहिदनगर नगरपालिकाको कार्यलय नै पुगेर कान्छो मेयर बरबरियासँग भेट गरिन् ।
बरबरियाको बारेमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको समाचार तथा उनले गरेका विकास एवम् एक्सन म्यानको रुपमा चिनिएका उनलाई भेट गर्दै बधाई तथा शुभकामना दिइन् ।

एक्सन म्यान मेयर बरबरिया देशमा मात्र नभई बिदेशमा समेत आफ्नो कामले चर्चा पाउनुको साथ साथै अलग पहिचान बनाउन सफल भएका छन् ।
करिब ४ महिना अगाडि नागरिक दैनिकको अंग्रेजी प्रकाशन रिपबलिक डेलीमा प्रकाशित समाचारबाट प्रभावित भएर अमेरिकन राजदुतावासकी प्रवक्ता खुशी , प्रभावित भएर नगरपालिका कार्यालयमै आएर कान्छो मेयरलाई भेट गरिन । 
उक्त नगरपालिकामा मेयर,उपमेयर,वडा अध्यक्ष लगायत नगरपालिका परिवारले एन्डी डी आरमेन्टलाई सम्पुर्ण नगरपालिका टिमले भव्य स्वागत गरेका थिए ।
नगर प्रमुख बने लगत्तै एक्सनमा आएका मेयर बरबरियाको विकास कार्ययोजना र विकासको गति देखेर प्रभावित भएपछि प्रवक्ता आरमेन्टले भेट गर्न उत्सुकता जनाएकी थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…