यानका युवाहरुले भारतको दिल्लीमा पनि मनायो 'कालो दिवस'
यान सदस्य सचितानन्द साह, जय राज साह, सुमन झा, यशराज सरौफ लगायत दुइ दर्जन मधेसी युवाहरूको उपस्थिति रहेको थियो।

२०७९ असोज ३ सोमबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । असोज ३ लाई कालो दिवस भन्दै युथ एशोसिएशन अफ नेपाल (यान) सँग आवद्ध युवाहरुले छिमेकी मुलुक भारतको दिल्लीमा पनि संविधानको विरोध गरेका छन् ।
दिल्लीस्थित ग्रेटर नोयडा, एनसिआर दिल्ली सहित उत्तर प्रदेशमा समेत मधेश मूलका नेपाली युवाहरुले संविधानको विरोध गर्दै प्रदर्शन गरेका छन् ।
यान पूर्व केन्द्रिय सचीव मनोहर यादवको नेतृत्वमा युवाहरुले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाएको हो ।
मधेशीहरुको छाती र टाउकोमा गोली दागी रक्तले लतपत भएर संविधान जारी गरिएको भन्दै असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउँदै आएको बताएका छन् ।
यान सदस्य सचितानन्द साह, जय राज साह, सुमन झा, यशराज सरौफ लगायत दुइ दर्जन मधेसी युवाहरूको उपस्थिति रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…