वीरगँज जेलबाट ३८ कैदीले पाए माफी 

२०७९ असोज ३ सोमबार
रति ८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । संविधान दिवसको अवसरमा मधेश प्रदेशको वीरगँज कारागार (जेल) बाट ३८ जना कैदीको बाँकी सजाय मिनहा गरिएको छ । 

८ औँ संविधान दिवसको अवसरमा विरगंज कारागारबाट महिला र पुरुष गरी ३८ जनाको बाँकी कैद मिन्हा गरी माफी पाएका छन् ।

माफी पाउनेहरु मा कर्तव्य जान मुद्दाका महिला ५ जना, ज्यान मारने उद्योगका पुरुष ८ जना र महिला १ जना रहेका छन् । 

यसैगरी चोरी मुद्दाका २ जना, डाँका मुद्दाका १ जना, सवारी ज्यानका ३ जना, किर्ते २ जना, काँठ चोरी १ जना र हाथहथियार खरखजाना १ जनालाई बाँकी कैद मिन्हा गर्री माफी दिएको बिरगंज कारागार श्रोतले जनाएको छ । 

कर्तव्य ज्यान मुद्दामा सजाय भोगी रहेका ने।क।पा एमालेका पुर्व सांसद राम चन्द्र प्यासीलाई पनि बाँकी कैद मिन्हा गरी माफी दिएको छ । 

संविधान दिवसको अवसरमा विरगंज कारागारमा माफी पाएका हरुको आफन्त जनहरु एकाबिहानै देखी कारागारको मुल ढोका अगाडी पर्खायीमा बसेको मा केहिबेर कारागार वरिपरिका सहायक सडकहरु अवरोध भएको थियो । विरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरु लाई कारागार प्रमुख मदन घिमिरेले अबिर माला लगाई विदाई गरेका थिए ।

विरगंज कारागारमा महिला तथा पुरुष र आश्रित बालबालीका सहित १४ सय १२ जना कैदि बन्दिहरु रहेको कारागार प्रमुख मदन घिमिरेले जानकारी दिएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

जनकपुरः बैँक म्यानेजरसहित चार जनामाथि ठगी मुद्दा 

  • २०७९ असोज ३ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । सिद्धार्थ बैँक जनकपुरको पिडारीचोकस्थित शाखामा कार्यरत शाखा प्रबन्धक (ब्रान्च म्यानेजर) सहित चार जनामाथि ठगी मुद्दा दायर गरिएको छ ।  खाली चेकमा आफूखुसी रकम भरेर बैँकमा चेक बाउन्स

पूरा पढ्नुहोस्

Bureau Menus