वीरगँज जेलबाट ३८ कैदीले पाए माफी
संविधान दिवसको अवसरमा विरगंज कारागारमा माफी पाएका हरुको आफन्त जनहरु एकाबिहानै देखी कारागारको मुल ढोका अगाडी पर्खायीमा बसेको मा केहिबेर कारागार वरिपरिका सहायक सडकहरु अवरोध भएको थियो । विरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरु लाई कारागार प्रमुख मदन घिमिरेले अबिर माला लगाई विदाई गरेका थिए ।

२०७९ असोज ३ सोमबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । संविधान दिवसको अवसरमा मधेश प्रदेशको वीरगँज कारागार (जेल) बाट ३८ जना कैदीको बाँकी सजाय मिनहा गरिएको छ ।
८ औँ संविधान दिवसको अवसरमा विरगंज कारागारबाट महिला र पुरुष गरी ३८ जनाको बाँकी कैद मिन्हा गरी माफी पाएका छन् ।
माफी पाउनेहरु मा कर्तव्य जान मुद्दाका महिला ५ जना, ज्यान मारने उद्योगका पुरुष ८ जना र महिला १ जना रहेका छन् ।
यसैगरी चोरी मुद्दाका २ जना, डाँका मुद्दाका १ जना, सवारी ज्यानका ३ जना, किर्ते २ जना, काँठ चोरी १ जना र हाथहथियार खरखजाना १ जनालाई बाँकी कैद मिन्हा गर्री माफी दिएको बिरगंज कारागार श्रोतले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा सजाय भोगी रहेका ने।क।पा एमालेका पुर्व सांसद राम चन्द्र प्यासीलाई पनि बाँकी कैद मिन्हा गरी माफी दिएको छ ।
संविधान दिवसको अवसरमा विरगंज कारागारमा माफी पाएका हरुको आफन्त जनहरु एकाबिहानै देखी कारागारको मुल ढोका अगाडी पर्खायीमा बसेको मा केहिबेर कारागार वरिपरिका सहायक सडकहरु अवरोध भएको थियो । विरगंज कारागारबाट माफी पाएका ३२ जना पुरुष र ६ जना महिलाहरु लाई कारागार प्रमुख मदन घिमिरेले अबिर माला लगाई विदाई गरेका थिए ।
विरगंज कारागारमा महिला तथा पुरुष र आश्रित बालबालीका सहित १४ सय १२ जना कैदि बन्दिहरु रहेको कारागार प्रमुख मदन घिमिरेले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…