मधेश प्रदेशः सर्लाहीमा विरुवारोपण गरी मनाइयो संविधान दिवस
विरुवारोपण कार्यक्रममा सहभागीहरुले एक अर्कालाई शुभ दिनले हामी नेपालीहरूबीच निरन्तर एकता, आपसी सद्भाव तथा सहयोगको भावनालाई थप उजागर गर्ने प्रेरणा एवं हौसला मिलोस भने शुभकामना व्यक्त गरेका छन ।

२०७९ असोज ३ सोमबार, बिहान ११:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा कर्मचारी मिलन केन्द्र, सर्लाही र डिभिजन वन कार्यालय, सर्लाहीको संयुक्त आयोजनामा विरुवारोपण गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ मनाइएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवामा स्थित तिन विघे परिसरमा जिल्ला समन्वय समिति, सर्लाहीका उप–प्रमुख जितेन्द्र कुमार कुशवाहाले बिरुवा रोपी कार्यक्रमको शुभारम्भ गरेका हुन ।
सोही अवसरमा कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, मिलन केन्द्रका अध्यक्ष रामदरेश राय, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक प्रविण पोखरेल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक भरत खनिया, राष्ट्रिय अनुसंधान जिल्ला कार्यालयका अनुसंधान निर्देशक चन्दन कुमार झा, डिभिजन वन कार्यालयका साजन चौधरी, मलंगवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, नेपाल निजामती कर्मचारी युनियनका कपिलदेव साह, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका रामनाथ साह, मिलन केन्द्र सचिव सुनिल कुशवाहा, कोषाध्यक्ष रामश्वार्थ महतो, सदस्य रंजन महतो, डिभिजन वन कार्यालयका कर्मचारीहरू लगायतले विरुवारोपण गरेका थिए ।
विरुवारोपण कार्यक्रममा सहभागीहरुले एक अर्कालाई शुभ दिनले हामी नेपालीहरूबीच निरन्तर एकता, आपसी सद्भाव तथा सहयोगको भावनालाई थप उजागर गर्ने प्रेरणा एवं हौसला मिलोस भने शुभकामना व्यक्त गरेका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…