आजदेखि तीनसम्म संविधान दिवस मनाउने, भोली सार्वजनिक विदा
आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।

२०७९ असोज २ आइतबार, दिउँसो १२:२८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ ।
नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।
आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो ।
त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।
यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो ।
आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ मनाउने निर्णय गरिएको छ।
संविधान दिवसको अवसरमा भोली सोमबार सार्वजनिक विदा रहने भएको छ । प्रत्येक वर्ष संविधान दिवसमा सरकारले सार्वजनिक विदा दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…