जनकपुरः पूजाको अगरबत्ति बाल्न जाँदा करेन्ट लागेर मृत्यू, धुमधामको माहौल शोकमा परिणत
पण्डितको शवलाई पोष्टमार्टमको लागि जनकपुरका प्रादेशिक अस्पतालमा राती नै पठाइएको जनाइएको छ । पोष्टमार्टमपछि मात्र शव परिवारजनलाई जिम्मा लगाउने बताइएको छ ।

२०७९ असोज १ शनिबार, दिउँसो १२:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित एक वृद्धको करेन्ट लागेर मृत्यू भएको छ ।
धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ झोँझी कटैयास्थित शुक्रबार राती पूजाको लागि अगरबत्ति बाल्न जाँदा करेन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ ।
झोँझी कटैया टोल बस्ने बर्ष ६५ को तेजी पण्डितको करेन्ट लागेर मृत्यू भएको हो । विश्वकर्मा पूजाको अवसरमा राखिएको भजन किर्तनको क्रममा उनलाई करेन्ट लागेको हो ।
विश्वकर्माको प्रतीमा ल्याएर भजन किर्तन गर्ने क्रममा अगबत्ति सकिएको देखेपछि पण्डित अगरबत्ति बाल्नको लागि मूर्ति नजिक गएका थिए । त्यहाँ रहेको नाँगो तारमा छोएपछि करेन्ट लागेर मृत्यू भएको हो ।
गएराती करिब ११ बजेको समयमा नाँगो तारमा छोएपछि पण्डितको घटनास्थलमै ज्यान गएको स्थानीयहरुलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शनिबार (आज) धुमधामका साथ मनाइरहेको विश्वकर्मा पूजाको लागि एक दिन अगावै प्रतीमा स्थापित गर्ने प्रचलन छ । सोही क्रममा अगरबत्ति देखाउन जाँदा नाँगो तारमा छोएर करेन्ट लागेको थियो ।
पण्डितको शवलाई पोष्टमार्टमको लागि जनकपुरका प्रादेशिक अस्पतालमा राती नै पठाइएको जनाइएको छ । पोष्टमार्टमपछि मात्र शव परिवारजनलाई जिम्मा लगाउने बताइएको छ ।
विश्वकर्मा पूजाको धुमधामको लागि सजाबटको लागि लगाएको नाँगो तारले नै पण्डितको ज्यान लिएपछि धुमधाम शोकमा परिणत भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…