असोज ३ गते लोसपाले विरोध दिवस मनाउने
३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।

२०७९ भदौ ३१ शुक्रबार, राति ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने भएको छ ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।
बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।
३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सँधै संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ ।
३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…