क्लीनिकको वार्षिकोत्सवमा रक्तदान तथा डेन्टल शिविर

२०७९ भदौ ३१ शुक्रबार
दिउसो ४:२७ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको एक नीजि क्लीनिकल आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान तथा डेन्टल शिविर गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित तराइ डेन्टल क्लिनिक को प्रथम वार्षिकोत्सब को अवसर मा रक्तदान कार्यक्रम तथा निशुल्क दन्त शिविर गरेको हो । 

तराई डेन्टल क्लिनिकका संस्थापक दन्त चिकित्सक मिशा महासेठको अध्यक्षता तथा जउमपा वडा नं. ७ का वडा अध्यक्ष निरज कुमार साहको प्रमुख आतिथ्यमा शिविर गरिएको हो । 

ब्लड फर नेपालको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जन भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् । 

सोही क्रममा आयोजना गरिएको निःशुल्क दन्त शिविरबाट दाँत तथा मुख सम्बन्धि उपचारबाट लाभान्वित भएका छन। तराई डेन्टल क्लिनिकले एक वर्षभित्रमा २ हजार बढी बिरामीहरुको उपचार गर्न सफल भएको छ। 

छोटो समयमा तराई डेन्टल क्लिनिक ले दाँत तथा मुख रोग सम्बन्धि उपचारमा आफ्नो योग्दान दिएको दाबी गरिएको छ । एक बर्ष भित्र तराइ डेन्टल क्लिनिकले धनुषा महोत्तरीको विभिन्न ठाँउमा विभिन्न संस्था को सहयोगमा २४ वटा निशुल्क दन्त शिबिरमा सहभागी भइ सर्वसाधारणलाई निशुल्क दन्त सेवा प्रदान गर्दै आएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ भदौ ३१ शुक्रबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus

} }