नगरवासीको आँखाको अप्रेशन गराउन अस्पताल पुगे मेयर यादव
आँखामा सामान्य समस्या देखिएको बृद्धबृद्धाहरुलाई औषधि दिएर घर पठाइएको थियो भने शल्यक्रिया गर्नुपर्नेलाई नगरप्रमुख यादवले उनीहरुलाई जानकी आँखा अस्पताल जनकपुर पुर्‍याएर शल्यक्रिया गराएको हो।

२०७९ भदौ ३१ शुक्रबार, दिउँसो १२:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले नगरवासीको आँखाको अप्रेशन (शल्यक्रिया) को लागि आफैँ अस्पताल पुगेका छन् ।
नगरपालिकाद्धारा आयोजना गरिएको आँखा शिविरको क्रममा मोतियाबिन्दु भेटाएका नगरवासीहरुको आँखाको अप्रेशनको लागि आफैँ अस्पताल पुगेर नगरवासीको हालचाल लिएका छन् ।
बिहीबार सम्पन्न सो शिविरको क्रममा ९० जना मोतियाबिन्दु भेटाएको थियो । मोतियाबिन्दु भएको बृद्धबृद्धालाई नगरप्रमुख यादवले जनकपुरको जानकी आँखा अस्पतालमा शल्यक्रिया गराएका छन्।
तेज कोहली र रुईत फौण्डेशनको सहर्कायमा नेपाल रेडक्रसद्वारा संचालित जानकी आँखा अस्पताल प्रविधिकको सहयोगमा सहिदनगर नगरपालिका–३ यदुकोहा स्वास्थ्य केन्द्रमा आँखा शिविरको आयोजना गरेको थियो। उक्त शिविरमा ७५ जना पुरुष र १५० जना महिलाको आँखा परिक्षण गरिएको जानकी आँखा अस्पताल जनकपुरका चिकित्सक आशिष बोहराले जानकारी दिए।
नगरप्रमुख दिनेश प्रसाद यादवले आँखा शिविर उद्धघाटन गरेको थियो। सो शिविरमा जम्मा २२५ जनाको आँखा परिक्षण गरिएको थियो। जसमध्ये ९० जनामा मोतियाबिन्दु पाएको थियो ।
आँखामा सामान्य समस्या देखिएको बृद्धबृद्धाहरुलाई औषधि दिएर घर पठाइएको थियो भने शल्यक्रिया गर्नुपर्नेलाई नगरप्रमुख यादवले उनीहरुलाई जानकी आँखा अस्पताल जनकपुर पुर्याएर शल्यक्रिया गराएको हो।
मेयर आफैँ पुगेर नगरवासीहरुको शल्यक्रिया गराइदिएपछि मेयर यादवको उनीहरुले प्रशँसा गरे । नगरपालिकामै आँखाको लागि निःशुल्क शिविर आएपछि नगरवासीहरु खुसी देखिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…