नेपाल-भारत बोर्डरमा एक पुरुषको लास
मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए

२०७९ भदौ २९ बुधबार, बेलुकी ५:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत बोर्डरको दशगजा क्षेत्रमा एक पुरुषको लास फेला परेको छ ।
मधेश प्रदेशको सप्तरी जिल्लास्थित नेपाल भारतको दशगजा क्षेत्रमा एक पुरुषको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोको दाहिने साईड कुनौली जाने दशगजामा बुधवार बिहान करिब साढे ६ बजेको समयमा एक पहाडी मुलका करिब ४०÷४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पहाडी मुलको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो मृतक अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरीले घट्नास्थलमा पुगेर लास जाँच मुचुल्का गरेको जनाइएको छ ।
मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…