मिटरब्याजीलाई पक्राउको माग गर्दै सप्तरीमा प्रदर्शन
शिव मन्दिर परिसरमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साह परिवारलाई कारबाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।

२०७९ भदौ १६ बिहीबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । मिटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा अपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी भनिएका सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका रामदेव साहलाई पक्राउ गर्न माग गर्दै बुधवार सदरमुकाम राजविराजमा पीडितहरुले प्रदर्शन गरेका छन् ।
दुई महिनाको अवधिमा फरार आरोपि साहलाई पक्राउ गर्न पीडितहरुद्वारा गरिएको यो ११ औं पटकको प्रदर्शन हो ।
यस अघि मिटरब्याजी साहबाट पीडित भएकाहरुद्वारा गठित संघर्ष समितिले १० पटक उनको पक्राउको माग गर्दै राजविराजमा प्रदर्शन गरिसकेका छन् ।
साहका छोरा नन्दकिशोर र छोरी अनुराधा भने २ महिना अघि नै पक्राउ परी ठगी तथा अपराधिक विश्वासघात मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि राजविराज कारागारमा छन् ।
उक्त मुद्दाका मुख्य अभियुक्त भनिएका रामदेव साह भने अझै फरार छन् । प्रहरीले भने रामदेवको खोजी कार्य व्यापक बनाइए पनि अहिले सम्म फेला नपरेको र लुकेर बसेको हुन सक्ने सम्भावित स्थानहरुमा खोज तलास कार्य जारी राखेको जनाउदै आएको छ ।
साह परिवार माथि जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र व्याज चुक्ता गरिसके पनि धितो फिर्ता नगरेको आरोप छ ।
शिव मन्दिर परिसरमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब असहायलाई उठिवास गराउने साह परिवारलाई कारबाही गर लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…