नेपाल टेलिकमको अफरै अफर, उठाउनुहोस फाईदा
न्यूज ब्यूरो काठमान्डौँ, ३ बैशाख । नेपाल टेलिकमले सोमबारदेखि थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याक आमाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध

२०७५ बैशाख ३ सोमबार, दिउँसो १२:५१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो
काठमान्डौँ, ३ बैशाख । नेपाल टेलिकमले सोमबारदेखि थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ ।
ह्याप्पी सोसल मिडिया प्याक
आमाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ ।
जस अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने टेलिकमले जनाएको छ । ‘ह्याप्पी सोसल मिडिया प्याक’ अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुने र यो प्याक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिनेछ ।
यो अफर ७ दिनसम्म प्रयोग गर्न सकिनेछ । बैशाख १८ गतेसम्म लिन सकिने यो प्याक वेभ ब्राउजरमार्फत नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गरेर मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
विद्यार्थी अफर
टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । जसअन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँको टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइनेछ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…