सरकारी स्कूलको बेतिथिबारे बोल्दा ६ दिनदेखि युवक प्रहरी थुनामा, सिसिटिभी फुटेज डिलिट
उनीहरुले विद्यालयको सीसीटिभि फुटेज विद्यालय पक्षले डिलिट गरेको छ । रजिष्टर चोरी गरी र आर्थिक अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

२०७९ भदौ १५ बुधबार, बिहान १०:०३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित एक सरकारी विद्यालयको बेतिथिको बारेमा बोल्दा एक युवक ६ दिनदेखि थुनामा बस्न बाध्य भएका छन् ।
धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ उदहा टोलस्थित राष्ट्रिय प्राथमिक विद्यालयको बारेमा सोधखोज गर्दा स्थानीय केशव मण्डल विगत ६ दिनदेखि थुनामा छन् ।
उनीमाथि सोही विद्यालयकी शिक्षिका पुनम मण्डललाई दुरव्यवहार गरेको आरोप छ । सो घटनामा ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरक्षक निरञ्जन घिमिरेले उनीमाथि अभद्र व्यवहार सम्बन्धि मुद्दा चलाइएको जानकारी दिए ।
शिक्षिका मण्डलले दिएको निवेदनमा ती युवाले विद्यालयमा आएर गाली गलौज गरी विद्यालयको वातावरणमा असर पु¥याएको उल्लेख गरिएको छ । तर स्थानीय सुनिल मण्डलले भने यस विषयमा राजनीतिक प्रतिशोध साधिएको बताए ।
वडाध्यक्ष असोक मण्डललाई स्थानीय निर्वाचनमा सहयोग नगरेको कारण विद्यालयबारे सोधखोज गर्दा पक्राउ गरेको उनको आरोप छ ।
‘विद्यालयमा हो हल्ला गरेको अधारमा पक्राउ गर्ने हो भने त ती शिक्षिकाको बुबा राजकुमार मण्डल पनि पक्राउ पर्नुपर्ने हो,’उनले तर्क गर्दै भने,‘किनभने विद्यालयमा शिक्षकसँग कुनै हो हल्ला भएन । शिक्षिकाको बुबासँग भनाभन भएको हो ।’ पालिका अध्यक्ष दिपिन देव यादवले घटना भएको दुई दिनपछि थाह पाएको बताए । तर यस विषयमा आफूलाई धेरै कुरा थाह नभएको बताए । ‘गाली गलौज गरेको भनेर सुनेको छु ।
यस विषयमा अरु कुरा मलाई थाह छैन्,’उनले भने,‘तर पक्राउ परेको मान्छेको पनि राम्रो पृष्ठभुमी छैन् ।’ वडाध्यक्ष अशोक मण्डल यस विषयमा कुरा गर्न मानेन् ।
यस विषयमा अर्को पक्षले पनि विद्यालयका प्रधानध्यापकसहित चार जना विरुद्ध निवेदन दिने तयारी गरेका छन् ।
शिक्षिका पुनम मण्डल, उनको बुबा राजकुमार मण्डल, विद्यालयका प्रधानध्यापक दुर्गा मण्डल र शिक्षक मोहमद कलामविरुद्ध निवेदन दिने तयारी गरेका छन् ।
उनीहरुले विद्यालयको सीसीटिभि फुटेज विद्यालय पक्षले डिलिट गरेको छ । रजिष्टर चोरी गरी र आर्थिक अनियमितता गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
के थियो घटना ?
गत साताको शुक्रबार उदहाका युवाहरु एक ठाउँमा भेला भए । सबैले विद्यालयको शिक्षकहरु समयमा नआएको र हप्तौं सम्म अनुपस्थित हुने गरेको बारे सचेत गराउनु पर्ने योजना बनाए । विद्यालय सुधारमा युवाहरु लाग्नु पर्ने उनीहरुको निष्कर्ष थियो ।
अनि विद्यालयतर्फ लागे । विद्यालयको भद्रगोल अवस्था देख्दा उनीहरु आक्रोशित बने । ‘हामी त्यहाँ पुग्दा विद्यालयलको अवस्था भद्रगोल थियो ।
कुनै विद्यार्थी खेलिरहेको थियो भने कुनै एक अर्कासँग झगडा गरिरहेको थियो,’राजकिसोर मण्डलले भने,‘ उपस्थित भएको शिक्षक– शिक्षिकाहरु गफमा व्यस्त थियो ।’ पक्राउ परेका केशवले कार्यालय सहयोगिलाई हाजरी रजिष्टर देखाउन अनुरोध गरे ।
कार्यालय सहयोगि र उनी हाजिरीको रजिष्टर पल्टायाइरह्दा शिक्षक पुनम पुगिन् । ‘किन हाजिरी रजिष्टर पल्टाएको ? स्कुलमा कसैको ददागिरी चल्दैनन्,’शिक्षिका पुनमको कुरा उदृत गर्दै राजकिसोर मण्डलले भने,‘हामीले स्कुलको राम्रोको लागि आएका छौं भन्दा पनि उनले अपशब्द कुरा गर्न थालिन् ।’
एकछिनमै शिक्षिका पुनमले आफ्नो बुबालाई फोन गरी बोलाइन् । र, उनको बुबा विद्यालयमा गाली गर्दै पुगे । त्यसपछि दुबै पक्षबीच केही समय गाली गलौज भएको उनले बताए ।
युवाहरुले केशवलाई सम्झाई बुझाई त्यहाँबाट लगे । राति प्रहरी आएपछि उनलाई पक्राउ गरी लग्यो । आज केशव पक्राउ परेको ६ दिन पुगिसकेको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…