जनकपुरः घरको तीन तल्लाबाट खसेर बालकको मृत्यू
मृतक बालकलाई शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको उनले जानकारी दिए ।

२०७९ भदौ १४ मंगलबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थितस्थित एक बालकको तेस्रो तल्लाबाट खसेर ज्यान गएको छ ।
धनुषाको ढल्केवरमा तीन तलाबाट खसेर एक बालकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार सोमबार साँझ ६ बजे मिथिला नगरपालिका वडा नम्बर ६ बस्ने रामकुमार सिंहको एक वर्षीय छोरा आरभकुमार सिंहको आफ्नै तीन तला घरबाट खसेर मृत्यु भएको हो ।
खेल्दा खेल्दै घरको रेलिङ्गबाट बाहिर निस्केको बताइएको छ । तीन तलाबाट खसेर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।
मृतक बालकलाई शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको उनले जानकारी दिए ।
मृतक बालका मिथिला नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण महतोको नाति हुन् । उनको घरमा अहिले रुवाबासी चलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…