सिट बाँडफाँडको लागि आज बैठक बस्दै
कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् । १६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।

२०७९ भदौ १० शुक्रबार, बिहान ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ(आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो ।
उक्त बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका थिए ।
कांग्रेसमा भने सिटका विषयमा सबै नेताहरूको एउटै मत छैन । महामन्त्री गगन थापाले १०० सिटबाट तल नझर्ने अडान लिएका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले भने लचकता देखाएका छन् ।
१६५ सिटमा दलको दाबी २३५ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…