आउँदो साता कक्षा १२ को रिजल्ट प्रकाशित हुने
परीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ मा भर्ना हुँदा एउटा विषयमा रजिष्ट्रेशन फारम भरेर विषय परिवर्तन गर्नेको संख्या ९ हजारको हाराहारीमा छ । विद्यालयको हेलचेक्र्याईले ठूलो संख्यामा विद्यार्थीले समस्या झेल्नु परेको उहाँको भनाई थियो ।

२०७९ भदौ ८ बुधबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भदौ दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले रेडियो कान्तिपुरसँंग कुरा गर्दै परीक्षाफल सार्वजनिक गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।
यस पटकको परीक्षाका लागि ४ लाख १० हजार विद्यार्थीले फारम भरेका थिए । त्यसमध्ये २ प्रतिशत विद्यार्थी परीक्षामा सामेल नभएको हुन सक्ने बोर्डको भनाई छ ।
यसैबीच कक्षा १२ को नतिजामा एब्सेन्ट हुने विद्यार्थीको संख्या धेरै रहेको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक शर्माका अनुसार कक्षा ११ मा भर्ना हुँदा एउटा विषयमा रजिष्ट्रेशन फारम भरेर विषय परिवर्तन गर्नेको संख्या ९ हजारको हाराहारीमा छ । विद्यालयको हेलचेक्र्याईले ठूलो संख्यामा विद्यार्थीले समस्या झेल्नु परेको उहाँको भनाई थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…