मधेस मिथिलाञ्चलमा आज "जुडशितल पर्व"
न्यूज ब्यूरो || जनकपुरधाम, २ बैशाख । मिथिलाञ्चल क्षेत्रमा परम्परागत रुपमा मनाइदैं आइएको जुड शितल पर्व आईतवार धुमधामको साथ मनादैछ । होली पर्वमा रंग अविरले खेलिए जस्तै यस पर्वमा हिलो र पानीले खेलिने गरिन्छ । पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पुर्ण गाउंवासीहरु मिलेर एकत्रित भई एक अर्कामाथि हिलो, माटो

२०७५ बैशाख २ आइतबार, दिउँसो १२:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ बैशाख । मिथिलाञ्चल क्षेत्रमा परम्परागत रुपमा मनाइदैं आइएको जुड शितल पर्व आईतवार धुमधामको साथ मनादैछ ।
होली पर्वमा रंग अविरले खेलिए जस्तै यस पर्वमा हिलो र पानीले खेलिने गरिन्छ । पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पुर्ण गाउंवासीहरु मिलेर एकत्रित भई एक अर्कामाथि हिलो, माटो, पानी र खरानी छ्यापेर खेलिने गरिएको थियो तर अब आधुनिकता हावि हुंदै जांदा यो पर्व लोपोन्मुख हुंदै गएको स्थानीयहरु बताउँछन ।
लोपोन्मुख हुंदै गएको मिथिलाको लोकपर्वको रुपमा रहेको जुड शितल पर्वलाई संरक्षण गर्ने उद्देश्यले मिथिलाञ्चल क्षेत्रका विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा हिलो र पानी छ्यापेर यो पर्व मनाने गरिन्छ ।
जुडशितलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुने र छालाको रोगहरु नलाग्ने वैज्ञानिक कारण रहेको छ भने, यो पर्वमा पानी हालेर खेल्यो भने, गर्मी महिना भरी शितलता प्रदान हुने जनविश्वास रहेको छ ।
यसै विश्वासको साथ एक अर्कामाथि पानी र हिलो छ्यापेर जुड शितल मनाईएको छ । गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेको कारणले शुद्ध माटो जिउंमा मिथिलाञ्चलमा नयाँ वर्षको दोश्रो दिन जुड् शितल लगाउंदा यो रोग निको हुने पौराणिक मान्यता अनुसार शुद्धमाटो र पानीले यो पर्व मनाइने गरिन्छ ।

नगर क्षेत्रमा यस पर्व लोपोन्मुख हुंदै गए पनि अहिले पनि ग्रामिण क्षेत्रमा यस पर्वको बिशेष महत्व रहेको छ । बिहान घरको बुजुर््ग व्यक्तिले आफु भन्दा कान्छाहरुको टाउकोमा बासी पानी हालि वर्ष भरि नै शितलता प्रदान होस भन्ने कामना गर्दछन् ।
जस अनुसार जनकपुर सहित आसपासको क्षेत्रमा बृद्ध बृद्धाहरुले आफु भन्दा कान्छोको टाउकोमा पानी छ्यापेर यो पर्व मनाईन्छ । बोट विरुवाहरुमा समेत पानी हाल्ने परम्परा रहि आएको छ । 
यो दिन पानी हाले भने वर्ष भरी नै रुख बोट बिरुवाहरुलाई शितलता प्रदान हुने गरेको जनविश्वास समेत रहिआएको छ । यही दिन गाई वस्तुहरुलाई पनि अनिवार्य रुपमा नुहाउने परम्परा रहेको छ । त्यसैगरि जुडशितलमा बासि भात र मानव शरीरको लागि अति नै स्वस्थ्यकर मानिएको चनाको सतु तथा अन्य चिसो परिकारहरु खाने परम्परा छ ।
समयको परिवर्तन संगै यस पर्वको स्वरुपमा परिवर्तन आए पनि यस पर्वको महत्वमा भने कुनै कमि नआएको प्राज्ञ राम भरोष कापडी भ्रमरको भनाई छ । गृष्म ऋतुको शुरुवातसंगै शितलताको प्रतिकको रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको सांस्कृतिलाई झल्काउने गरेको उनको भनाई छ ।
आधुनिकताको दौरमा यस पर्वको सकारात्मकता लाई बिर्सेर युवाहरु यसलाई फोहोरी मानेर यो पर्व बाट टांढिदै गएको राजनीतिकर्मी तथा मैथिलीका जानकार रामचन्द्र झा बताउँछन् । आजको न्यूजपेपर दैनिकमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…