मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध प्रक्रिया सुरु, अन्तिम नामावली भदाै ३१ गते
न्यूज ब्यूरो ,काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु भएको जनाएको छ । आयोगले मतदाता नामावली संकलन कार्य साउन २० गते स्थगन गरेको थियो । निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावलीलाई अ

२०७९ साउन २५ बुधबार, बिहान ६:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ,काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु भएको जनाएको छ ।
आयोगले मतदाता नामावली संकलन कार्य साउन २० गते स्थगन गरेको थियो ।
निर्वाचन हुने अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु भएको र भदौ १२ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।
“नामावलीमा भएको त्रुटि सच्याउने, कसैले भुटा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदसयको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरू कार्यक्रममा समावेश गरिएको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अयोगले नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स, तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरेको छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…