एकाबिहानै फेरी भुकम्पको धक्का महसुस
यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ ।

२०७९ साउन २१ शनिबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शनिबार एकाबिहानै भुकम्पको धक्का महसुस गरिएको छ । नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको हो ।
बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।
नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ।
यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…