Close This

पूर्वमन्त्री रेणु यादवको जसपामा घटुवा, पार्टीबाट स्तर झारियो 

जसपाले संघ र प्रदेशको निर्वाचनको लागि सातै प्रदेशमा संसदीय बोर्ड गठन गरेको छ ।

२०७९ श्रावण २० शुक्रबार
रति ८:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समिति र राजनीतिक समिति पुनर्गठन गर्दा पूर्वमन्त्री रेणु यादवलाई घटुवा गरिदिएको छ । 

केन्द्रीय समिति ४६६ सदस्यीय र राजनीतिक समिति १५१ सदस्यीय बनाएकोमा यसअघि केन्द्रीय कार्यकारिणी सदस्य रहेकी रेणु यादवलाई केन्द्रीय सदस्यमा झारिदिएको छ । 

गत असार २९ र ३० गते मधेस प्रदेशको वीरगञ्जमा आयोजित केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । जसमा चयन गरिएको सदस्यहरुमा रेणु यादवलाई घटुवा गरिदिएको छ । 

गत असार ३० गते नै रेणु कुमारी यादवले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी राजीनामा पत्र बुझाएकी थिइन् । पार्टीले उनको राजीनामा स्वीकृत नगरेपनि उनको स्तर घटुवा गरिदिएको हो । 

जसपाले संघ र प्रदेशको निर्वाचनको लागि सातै प्रदेशमा संसदीय बोर्ड गठन गरेको छ ।

जसले पार्टीको तर्फबाट उम्मेदवार चयनको मापदण्ड निर्माण गर्ने, सम्भावित उम्मेदवारहरुको सूची बनाउने र सिफारिस भएर आएका नामहरुबाट उम्मेदवार छनोट गरी केन्द्रीय कार्यकारिणी समितिमा पेस गर्नेछ ।

जसपाले सबै प्रदेशमा काम गर्ने गरी निर्वाचन तयारी अभि

यान सचिवालय समेत निर्माण गरेको छ । जसको जिम्मा अलगअलग प्रदेशमा अलगअलग व्यक्तिलाई दिइएको छ ।

बैठकले विधान अधिवेशनबाट विधान पारित नहुँदासम्मका लागि विधान संशोधन गरी केन्द्रीय कार्यकारिणी समिति ५३ सदस्यीय रहने निर्णय गरेको छ । सो अघि ५२ सदस्यीय थियो ।

वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन जसपाले गत साउन १८ गते पार्टी मातहतका संगठन तथा नेताहरुलाई परिपत्र गरेको थियो ।

रेणु यादव मन्त्रीबाट फिर्ता बोलाइएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवप्रति रुष्ट बन्दै आएपछि उनको स्तर नै घटुवा गरिदिएको हो । 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७९ श्रावण २० शुक्रबार

Bureau Menus