Close This

ओरकेष्ट्रामा नाच्न भागेकी नाबालिकलाई प्रहरीले गरे उद्धार, एक जना पक्राउ 

२०७९ श्रावण १९ बिहीबार
बेलुकी ६:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । ओरकेष्ट्रामा नाच्नको लागि भारत भागेकी एक बालिकाको प्रहीले उद्धार गरेको छ । 

भारत रक्सौलको मझौलियास्थित एक आर्केस्ट्राबाट नेपाली नाबालिकको उद्धार गरिएको हो । 

चलचित्रमा अभिनय गरएर नाम र दाम दुवै कमाउने प्रलोभन दिएर आर्केस्ट्रामा लगिएकी बालिकाको उद्धार गरिएको हो ।

बालिकालाई धेरै खोज्दा पनि नभेटिएपछि हराएको भन्दै उनका अभिभावकले नेपाल प्रहरीलाई खोजीदिन आग्रह गरेका थिए । 

नेपालदेखि भारतमा पनि धेरै ठाउँमा सोधखोज गर्दा पनि नभेटिएपछि बालिकाकी आमाले मानव बेचबिखन विरोधी एकाई ९एएचटियु० क्षेत्रिय सदरमुकाम रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्मालाई दुखेसो सुनाएकी थिइन् । 

प्रहरी निरीक्षक शर्माले बालिकालाई बेतिया नजिकैको माझोलियास्थित आर्केस्टामा राखिएको जानकारी पाएपछि अनुसन्धान शुरु गरेका हुन् । 

राष्ट्रिय बालअधिकार संरक्षण आयोग दिल्ली, मिशन मुक्ति फाउण्डेशन, बाल कल्याण समिति, चाइल्ड लाइन बेतिया, बेतिया महिला थाना प्रहरी, मझौलिया प्रहरी चौकीको सहकार्यमा अर्कारेस्ट्रामा छापाममर गरी बालिकाके उद्धार गरिएको प्रहरी निरीक्षक शर्माले जनकारी दिए । उनका अनुसार सोही आर्केस्ट्राबाट १ जनालाइ पक्राउसमेत गरिएको छ ।

दिल्लीबाट महत्वपूर्ण बैठकका लागि आएका राष्ट्रिय बालअधिकार संरक्षण आयोग दिल्लीका वरिष्ठ सल्लाहकार परेश शाह पनि सहभागी भएका थिए । 

अख्तियार क्षेत्रीय मुख्यालयका इन्स्पेक्टर मनोजकुमार शर्मा र मिशन मुक्ति फाउन्डेसनका निर्देशक वीरेन्द्रकुमार सिंहले आर्केस्ट्रामा हुने मानव बेचबिखनका घटना अन्त्य गर्ने प्रतिबद्धता जनाएका  छन् । 

बाल कल्याण समिति बेतियाका अध्यक्ष आदित्यकुमार यादव, मिशन मुक्ति फाउन्डेशनका निर्देशकक बीरेन्द्र सिंह, चाइल्ड लाइन बेट्टियाबाट विलियम अल्फ्रेड र रेखा देवी, एनजीओ अपरच्युनिटी नेपालका सत्यनारायण यादव, बेतिया महिला प्रहरी चौकीकी इन्स्पेक्टर राणा रणविजय सहितका सुरक्षाकर्र्मीको  उपस्थितीमा बालिकाको उद्धार गरिएको हो ।


  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

१० हजारबाट सुरु गरेको बजरंग बचत तथा ऋण सहकारी संस्था लाखौँको कारोबारमा पुग्योः अध्यक्ष साह

  • २०७९ श्रावण १९ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ५ ललियाको श्री बजरंग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ साधारण सभा विधिवत रुपमा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष सुरेन्द्र

पूरा पढ्नुहोस्

Bureau Menus