सरस्वतिले १ सय ७१ विद्यार्थीलाई छात्रवृति बाँडे
न्यूज ब्यूरो || जनकपुरधाम, १ बैशाख । जनकपुरधामको सरस्वती नमूना उच्च माध्यमिक विद्यालयलले अध्ययनरत १ सय ७१ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । शुक्रवार विद्यालयले आयोजना गरेको छात्रवृति तथा स्कुल डूेस वितरण समारोहमा जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साह तथा जिल्ला शिक्षा समन्वयन समितिका

२०७५ बैशाख १ शनिबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १ बैशाख । जनकपुरधामको सरस्वती नमूना उच्च माध्यमिक विद्यालयलले अध्ययनरत १ सय ७१ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

शुक्रवार विद्यालयले आयोजना गरेको छात्रवृति तथा स्कुल डूेस वितरण समारोहमा जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साह तथा जिल्ला शिक्षा समन्वयन समितिका प्रमुख यमबहादुर खडकाले विद्यार्थीहरुलाई संयुक्त रुपमा छात्रवृति वितरण गरेका थिए ।

कक्षा १ देखि ८ सम्मको छात्रा छात्रवृति प्रति विद्यार्थी ४ सयको दरले १ सय ३१ जनालाई, दलित छात्रवृति प्रति विद्यार्थी ४ सयका दरले २४ जनालाई र माध्यमिक स्तरका दलित विद्यार्थीलाई ५ सयको दरले ४६ जनालाई छात्रवृति प्रदान गरिएको छ ।

विद्यालयका प्राध्यानाध्यापक सत्यनारायण मण्डलको स्वागत मन्तव्य तथा जनकपुर उप– महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष परमेश्वर साहको अध्यक्षतामा भएको छात्रवृति तथा सरस्वती नमूना उमाविद्वारा १ सय ७१ विद्यार्थीलाई छात्रवृति स्कुल डूेस वितरण समारोहमा सो विद्यालयका २०४८ सालका एसएलसी ब्याचका विद्यार्थी कृष्ण कुमार दिक्षित लगायत अन्य विद्यार्थीको सहयोगमा स्कुल डूेड समेत प्रदान गरिएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि तथा जिल्ला शिक्षा समन्वयन समितिका प्रमुख यमबहादुर खडकाले विद्यालय जानबाट बञ्चित रहेका विद्यार्थीहरुलाई भर्ना अभियान अन्तर्गत विद्यालयमा ल्याउन सबैको पहल आवश्यक रहेको बताएका थिए ।

उनले भने - “विद्यालय भर्ना गराएर मात्रै हुदैन, विद्यालयमा अध्ययन अध्यापन गर्न आउने विद्यार्थीले गुणस्तरीय शिक्षा पाए नपाएको पनि ख्याल गर्नुपर्छ ।” प्रमुख अतिथि लालकिशोर साहले विद्यालयमा विद्यार्थीको भविष्य सुनिश्तिताका लागि सबैभन्दा महत्वपूर्ण योगदान शिक्षक तथा शिक्षिकाको रहेको बताएका थिए ।

उनले शिक्षक शिक्षिकाले गुणस्तरीय शिक्षामा जोड दिए गाउँ, टोल, समाज तथा राष्टूको समृद्धिमा जोड पुग्ने विश्वका व्यक्त गर्दै शिक्षकले विद्यालयको गरिमालाई बचाउन गुणस्तरीय शिक्षा दिनुपर्ने बताए ।
कार्यक्रममा सरस्वती नमूना उच्च माध्यमिक विद्यालयका शिक्षक– शिक्षिका, अभिभावक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । आजको न्यूजपेपर दैनिकमा समाचार छ ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…