मधेश प्रदेशः दुई नगरपालिकामा एउटै हाकिम 

२०७९ श्रावण १९ बिहीबार
बिहान ०८:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको दुई वटा स्थानीय तहमा एउटै प्रमुख प्रशासकीय अधिकृतले कार्यभार सम्हाल्दै आएका छन् । 

लामो समयदेखि उपसचिव नहुँदा निमित्तको भरमा सञ्चालन हुँदै आएको रौतहटको दुईवटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिवलाई पठाइएको छ ।

रौतहटको दुईवटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकजना उपसचिवलाई नै तोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाण्डुले रौतहटको माधवनारायण र कटहरिया गरी यी दुइवटै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव किरण निधि तिवारीलाई दिइएको छ ।

सामान्य प्रशासन मन्त्रालयले दुईवटै पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएपछि अधिकृत किरण निधि तिवारीले बुधवार एकैदिन माधवनारायण र कटहरिया दुइवटै पालिकामा हाजिर भइ पदभार समेत ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेसँगै तिवारीले माधवनारयण र कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार बुधवारदेखि नै सम्हालेका हुन । 

दुबै पालिकामा हाजिर हुन जाँदा त्यहाँका मेयर, उपमेयर सहितका अन्य जनप्रतिनिधि एवं कर्मचारीहरुले प्रशासकीय अधिकृत तिवारीलाई स्वागत गरेका थिए । 

सो अवसरमा माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले अधिकृत तिवारीलाई कसैको दबाबमा नपरी कानून अनुसार कामकाज गर्न सुझाब दिए । उनले सातामा एकपटक कर्मचारी बैठक राखेर समन्वय गरी अगाडि बढ्न समेत आग्रह गरे ।

अधिकृत तिवारीले जनचाहना र कानून अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । यो भन्दा अघि उपसचिव नहुँदा ती दुबै नगरपालिका निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो । 

यस अघि माधवनारायणमा स्वास्थ्यका छैठौं स्तरका कर्मचारी जियालाल यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए भने कटहरिया नगरपालिकामा लेखा प्रमुख रामप्रकाश साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

 स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकूल हुने गरी सत्तारुढ गठबन्धनले कर्मचारीको सरुवा गरेको हो ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७९ श्रावण १९ बिहीबार

Bureau Menus

} }