७ दिनभित्र सडक पेटी खाली गर्न वडा कार्यालयको अल्टिमेटम

२०७९ श्रावण १७ मंगलबार
बिहान ०७:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा। सिरहा नगरपालिकाको एक वडा कार्यालयले ७ दिनभित्र सडक पेटीमा रहेको अनावश्य वस्तुहरु हटाउन सूचना जारी गरेको छ ।

वडा कार्यालयले सोमबार एक सूचना जारी गर्दै  एक हप्ता भित्र सडकको छेउमा रहेको सामग्री खाली गर्न अनुरोध गरेका छन ।

सिरहा नगरपालिकाको  वडा नम्बर १७ का वडामा रहेको  सडकको दायाँबायाँ मापदण्ड  भित्र रहेको घर,टहरा,रुख,विरुवा,गोबर,लकडी लगायत अन्य  सामाग्रीहरु र घरपालुवा जनावर लगायत सडकमा आवातजावत गर्न बाधा पुर्याउने सम्पुर्ण सामग्रीहरु ७ दिन भित्र खाली गराउन अल्टिमेटम दिएका छन ।

सिरहा नगरपालिका वडा नम्बर १७ अन्तर्गत पर्ने  सम्पुर्ण सडक व्यवस्थित र  दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले  सडक खाली गराउन लागेको वडा अध्यक्ष उमेशप्रसाद यादव बताए । 

बर्षौ देखि अव्यवस्थित रहेको सडकलाई व्यवस्थित गर्ने योजना मेरो योजना प्रमुख दायित्व रहेको यादव बताए ।

विभिन्न ठाउँमा सडक पेटीमै गोबर राख्ने, घरपालुवा जनावर बाध्ने, निर्माण समाग्री राख्ने, गाडी राख्ने कार्यले आम नागरिकलाई सास्ती हुनुको साथै दुर्घटनाको आँकडा समेत बनेको बताइएको छ । 

  • 82%
  • 8%
  • 4%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७९ श्रावण १७ मंगलबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus