मधेश प्रदेशः बोलबमका काँवरिया बोकेको बस दुर्घटना

२०७९ श्रावण १७ मंगलबार
बिहान ०७:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बर्दिवास ।  महोत्तरीको बर्दिवासमा बोलबंम तिर्थालु बोकेको सवारी फरकफरक दुई स्थानमा दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।

सवारी दुर्घटनामा परि घाईते भएकाहरुको बर्दिवास स्थित शुभस्वस्तिक अस्पताल, जनसेवा हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

बर्दिवास नगरपालिका–५, ढुङ्ग्रेस्थित बोलबंम तिर्थालु बोकेको ज१त ६१३५ नम्बर ट्रयाक्टर अनियन्त्रित भएर पल्टिदा १४ जना घाईते भएका छन् ।
घाईते हुनेहरु सबै धनुषा जिल्लाको धनुषा नगरपालिकाका स्थानीयहरु रहेका छन् ।

त्यस्तै, बर्दिवास नगरपालिका–३, पाटुस्थित बोलबंम यात्रु बोकेको ना३त २०१७ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको ज११प ७९१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक र ट्रयाक्टरमा सवार गरी ५ जना घाईते भएका छन् ।

घाईतेहरुको अवस्था समान्य रहको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

बर्दिबास न.पा. ५ ढुङ्ग्रेमा भएको दुर्घटनामा परि घाइते हुनेहरुको विवरण -

१) जिल्ला धनुषा धनुषाधाम न.पा.५ शान्तिटोल बस्ने अं. वर्ष १८ की  अमिका मण्डल अवस्था मध्यम ।

२) धनुषाधाम न.पा.५ शान्तिटोल बस्ने वर्ष ४० की गिता मण्डल अवस्था मध्यम ।

३) धनुषाधाम न.पा.५ शान्तिटोल बस्ने वर्ष ३० की ममता मण्डल अवस्था मध्यम ।

४) जिल्ला धनुषा धनुषाधाम  छिरेश्वर न.पा. २ बस्ने अं. वर्ष ५० की चिन्दा यादव अवस्था समान्य ।

५) छिरेश्वर न.पा. २ वर्ष ९ की अन्जली यादव अवस्था समान्य ।

६) छिरेश्वर न.पा. २ वर्ष ३५ की सिता मण्डल अवस्था मध्यम, निजको छोरा अं. वर्ष  ४ को आर्यन मण्डल,र अं. वर्ष १० को निकेत मण्डल अवस्था समान्य ।

७) छिरेश्वर न.पा. २ वर्ष ६० की रामकली खत्बे अवस्था समान्य ।

८) छिरेश्वर न.पा. २ वर्ष १३ को आलोक शर्मा अवस्था समान्य ।

९) छिरेश्वर न.पा. २ वर्ष ४८ की जिवशी देवी अवस्था समान्य ।

१०) छिरेश्वर न.पा. २ राम भजन मण्डलको छोरी अं. वर्ष ६ की सुस्मिता मण्डल अवस्था समान्य ।

११) छिरेश्वर न.पा. २ वर्ष ६० की सुनैना ठाकुर अवस्था मध्यम ।

१२) छिरेश्वर न.पा. २ वर्ष ११ को कृष्ण मण्डललाई अवस्था समान्य ।

बर्दिवास न.पा. ३ पाटुमा भएको दुर्घटनामा घाइतेहरु

१ जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया बस्ने अं. वर्ष ६५ की मिनिया देवी अवस्था मध्यम ।

२. जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया वर्ष ४० की ललिता देवी अवस्था मध्यम ।

३. जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया वर्ष ६५ को ठागा बैठा अवस्था मध्यम ।

४. जिल्ला रौतहट फतुवा बिजयपुर १ बर्गिनिया वर्ष ४० की रम्वा ठाकुर अबस्था मध्यम । ५.मोटरसाईकल चालक जिल्ला महोत्तरी पिपरा गा.पा.३ बस्ने अं. वर्ष २० को उज्वल कुमार झा अवस्था सामान्य

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७९ श्रावण १७ मंगलबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus