नयाँ बर्ष २०७५ लाई भव्य स्वागत, मधेसमा यसरी मनाइदै
न्यूज ब्यूरो || जनकपुरधाम, १ बैशाख । नयाँ वर्ष २०७५ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ । मिथिलाञ्चलमा आँपको चिचिला र नियम निष्ठापुर्वक कूल देवतालाई चढाएर मात्र ख

२०७५ बैशाख १ शनिबार, बिहान ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १ बैशाख । नयाँ वर्ष २०७५ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ ।
तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ ।
मिथिलाञ्चलमा आँपको चिचिला र नियम निष्ठापुर्वक कूल देवतालाई चढाएर मात्र खाने चलन छ ।
यसैगरी वैशाखको दोस्रो दिन मान्यजनको हातबाट टाउँकोमा पानी छम्केर जुडशीतल मनाउने परम्परा रहेको छ ।
यसो गर्नाले शरीरलाई शीतलता प्राप्त हुने विश्वास छ । यस पर्वअन्तर्गत सतुवाईनको राति घरमा करी र बरी विशेष प्रकारको खाना पकाउने र त्यसैबाट निकालेर केही राखिन्छ ।

तामा वा पित्तलको भाँडोमा बासी पानी राखिन्छ । वैशाख २ गते जूडशीतलका दिन एका बिहानै बासी भात, करी, बरी, सख्खर
लगायतका सामग्री मिथिलाञ्चलमा चिचिलो आपको अचार र सातु खाएर नया“ वर्ष २०७५ मनाईदै घरको मूल ढोकामा चढाउने र बासी पानी अलिकति खन्याएर मानिस, पशुधन, रुख, खेत, विभिन्न अन्नबाली, भकारी सबैतिर छम्केर जूडशीतल मनाउने परम्परा रहेको पूर्व प्राज्ञ
रामभरोष कापडि बताउँछन । 
पोखरी, इनार, जलाशय, नाला लगायतको पानीको मुहानलाई सफा गरी हिलोयुक्त पानी सडक र वृक्षमा फाल्ने चलन रहेकोले मुख्यरुपमा पानीको महत्व दर्शाउने पर्वको रुपमा जूडशीतल रहेको वरिष्ठ पत्रकार विष्णुमणि खनाल बताउँछन ।
लोकसंस्कृतिको निकै महत्वपूर्ण बाँकी ३ पृष्ठमा पर्वको रुपमा रहेको सतुवान र जूडशीतलको महत्व आधुनिक युगमा झन् प्रस्टिएको खनालको भनाइ छ ।
तराई मधेसमा आधुनिक रुपमा नयाँ वर्ष मनाउने प्रचलन बढे पनि परम्परालाई भने ग्रामीण समुदायले नबिर्सेको संस्कृतिसँग सम्बन्धित व्यक्तिहरुको भनाइ छ ।
मैथिली भाषा तथा संस्कृतिमाथि कलम चलाउने साहित्यकार तथा संस्कृतिविद् डा. राजेन्द्र विमलले तराई मधेसको लोकजीवनमा नयाँ वर्षलाई मौलिक रुपमै मनाउने चलन रहेको बताउँछन् ।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…