वीरगँजमा मात्र ५ रुपैयाँमा खाना
पछिल्लो समय फरक फरक शैलीमा सामाजिक कार्य गरि छुट्टै पहिचान बनाएका फोर।जि।आर।संस्थाले कसैको सम्मानमा ठेस नपु¥याइ भोक मार्ने उदेश्य सहित अहिलेका लागी हरेक शुक्रबार साताव्यापी कार्यक्रम अनुसार अगाडि बढ्ने निधो गरिएको संस्थाकी अध्यक्ष नुतुन सरावगीले बताईन ।

२०७९ साउन १५ आइतबार, बेलुकी ५:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको आर्थिक नगरी भनेर चिनिने पर्साको वीरगँजमा मात्र ५ रुपैयाँमा खाना खुवाउने अभियान सँचालन भएको छ ।
फोर.जि.आर. नामक संस्थाले “घरको खाना सबैको चाहना” भन्ने नारा सहित खाना खुवाउने अभियानको वीरगञ्जमा शुभारम्भ गरेको हो ।
फोरजीआर नामक संस्थाले शुक्रबार ५ रुपैयामै खाना खुवाउने अभियानको शुभारम्भ वीरगञ्ज घंटाघरको छेउमा रहेको पार्क अगाडि स्टल राखेर गरेको हो ।
पछिल्लो समय फरक फरक शैलीमा सामाजिक कार्य गरि छुट्टै पहिचान बनाएका 4GR संस्थाले कसैको सम्मानमा ठेस नपु¥याइ भोक मार्ने उदेश्य सहित अहिलेका लागी हरेक शुक्रबार साताव्यापी कार्यक्रम अनुसार अगाडि बढ्ने निधो गरिएको संस्थाकी अध्यक्ष नुतुन सरावगीले बताईन ।
आजबाट ५ रुपैयामै खाना खुवाउने अभियानका शुरु गरिएको र आज ३८ वटा खानाको डब्बा २० मिनेटमै सकिएको अध्यक्ष सरावगीले बताईन ।
५ रुपैयामै स्थानीय व्यापारी, विधार्थी, रिक्साचालक लगायतकाले खाना किनेको संस्थाका सदस्य अनिशकान्त कुश्वाहाले बताईन ।
संस्थाकि अध्यक्ष सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा अफसाना खान, दिप्ती, नैन्सी अग्रवाल , अनिशकान्त कुश्वाहा लगायतको उपस्थित रहेको थियो ।
दाताहरूको शहर भनेर चिनिने वीरगञ्जमा नँया अभियान शुरु भएको छ । वीरगञ्जमा बेलाबखत आवश्यकता अनुसार यस्ता यस्ता सेवा सञ्चालन हुदै आएको छ ।
यात्राडेलीमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…