आज सलहेश फुलवारी मेला भव्यका साथ लाग्दै (फोटो फिचर)
न्यूज ब्यूरो || सिरहा, १ बैशाख । आज नयाँ वर्षको पहिलो दिन, फुलवारी मेला भव्यका साथ लाग्दै छ । बर्षमा १ दिन मात्र फुल्ने फुल सहलेस फुलवारी मेलाको चहलपहल आज विहानै देखि सुरु भएकाे छ । लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने (पहिलेको पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान २२ पर्न

२०७५ बैशाख १ शनिबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो || सिरहा, १ बैशाख । आज नयाँ वर्षको पहिलो दिन, फुलवारी मेला भव्यका साथ लाग्दै छ । बर्षमा १ दिन मात्र फुल्ने फुल सहलेस फुलवारी मेलाको चहलपहल आज विहानै देखि सुरु भएकाे छ ।

लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने (पहिलेको पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान २२ पर्ने) सलहेश फूलवारीमा ठिक वैशाख १ गते नै हारमको रुखमा सुनाखरी फूल फुल्ने विशेषताले गर्दा ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ ।


रेश्मा, कुश्मा र दौनाले सलहेशसँगै बिहे गर्ने सपना पुरा नभएपछि सम्झनाको लागि नयाँ वर्ष बैशाख १ गते नै प्रत्येक वर्ष फूल फुल्ने गरेकोले भारत नेपालका लाखौ दर्शनालु भक्तजनको घुईचो लाग्ने गरेको छ । १२ विगहाको फुलवारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फुलवारीमा प्रवेश गरेपछि शान्ति र प्रेमको भाव आफै उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरुलाई मात्रै होईन, भाकल गर्ने जोसुकैको मनोकामना पूरा हुने गरेकोले भारतका पटना विहार वंगाल र दिल्लीसम्मको दर्शकहरु आउने गरेका छन् । मेलामा आउने लाखौ भक्तजनहरुमध्ये तीस प्रतिशत भारतीय दर्शक रहने गरेका छन् ।


सलहेश फूलवारीमा हारम पाकैर, लावा सोहरा र विभिन्न जडीवुटी रहेको यस फूलवारीको शितल जल ग्रहण गरेपछि जस्तो सुकै रिस क्रोध शान्त हुने गरेको धामीहरु बताउँनु हुन्छ । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फुलवारीको पानी प्रयोग गर्नुको साथै हैजा माहामारी आउँदा पनि सलहेश फूलवारीको पानी औषधी मानेर खाएपछि निको हुने गरेका छन् । निःसन्तान आईमाईहरुले सलहेश फूलवारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकोले प्रप्त सन्तानको मुण्डन गराउन आउने गरेका छन् । बैशाख १ गते लाग्ने सलहेश फुलवारी सम्पन्न भएपछि पतारी पोखरी , पकडीया गढ भक्तजनहरु मेला हेर्न जाने गर्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…