नेपालमा फेरी बढन थाल्यो कोरोना, थप दुई जनाको मृत्यू
हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७९ साउन १४ शनिबार, बेलुकी ५:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा शनिबारसम्मको तथ्याँक अनुसार कोरोना सँक्रमणको सँख्या बढदै गएको छ । शनिबार नेपालमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ७ सय ७९ पिरिआर परिक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन् ।
हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…