लहानमा ब्लड फर नेपालद्धारा रगत समुह परिक्षण तथा रक्तदान सम्बन्धी सचेतना
कार्यक्रममा लोटस् युनिक ऐकेडेमि लहान वडा नं. १ सिरहाका विधार्थीहरुलाई रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रमको साथै उनीहरुको रगत समुह परिक्षण गरेको थियो जसमा ६० जना विधार्थीहरुको ऐकेडेमिका पदाधिकारीहरुको सक्रिय उपस्थिति रहेको थियो ।

२०७९ साउन १३ शुक्रबार, राति ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विभिन्न अस्पतालहरुमा भइहेको रगतको अभावलाई न्यूनिकरण गर्नको लागि रक्त समूह चेकजाँचसहित रक्त परीक्षण सम्बन्धी चेतना दिइएको छ ।
“रगत अभाव कम गर्ने अभियानमा छौ” भन्ने उदेश्यका साथ सिरहाको लहानस्थित रहेको लोटस् युनिक ऐकेडेमिमा ब्लड फर नेपालद्धारा रक्तदान सचेतना कार्यक्रम तथा रगत समुह परिक्षण कार्यक्रम गरिएको हो ।
रक्तदान बारेमा र आफ्नो रगत समुह सबैले थाह पाउनु पर्छ भन्ने अभिप्रायले कार्यक्रम गरिएको थियो ।
सो कार्यक्रममा उत्प्रेरकको रुपमा ब्लड फर नेपालको संस्थापक तथा रक्तदान उत्प्रेरक सरोज कुमार महतोले सहजीकरण गरेका थिए ।
साथै, रगत समुह परिक्षण ब्लड फर नेपालका सदस्य रविन जैसवाल र सिरहा टिमका सह संयोजक रोविन यादवको संयोजनमा भएको थियो ।
अनौपचारिक रुपमा भएको कार्यक्रममा ब्लड फर नेपाल सिरहा टिमका संयोजक संयोजक संतोष यादवले गरेका थिए भने ब्लड फर नेपालका केन्द्रिय सदस्य मुकेश महतोको उपस्थितिको साथै ऐकेडेमका सबै पधाकिारीहरुको उपस्थितिमा सचेतना दिइएको हो ।
कार्यक्रममा लोटस् युनिक ऐकेडेमि लहान वडा नं. १ सिरहाका विधार्थीहरुलाई रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रमको साथै उनीहरुको रगत समुह परिक्षण गरेको थियो जसमा ६० जना विधार्थीहरुको ऐकेडेमिका पदाधिकारीहरुको सक्रिय उपस्थिति रहेको थियो ।
कार्यक्रमबाट प्रभावित भएर ऐकेडेमिका प्रिन्सिपल रगत समुह सबैलाई थाह हुनु पर्छ र समय समयका यस्ता कार्यक्रम सबै ठाउँमा नियमित हुनुपर्ने बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…